दफा ५
परिषद् स्वशासित संगठित संस्था हुने
(१) परिषद् अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) परिषद्को सबै काम कारवाहीको निमित्त आफ्नो छुटृै छाप हुनेछ ।
(३) परिषद्ले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न उपभोग गर्न, बेच–विखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) परिषद्ले व्यक्ति सरह नालिस उजूर गर्न र परिषद् उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।